प्रधानमन्त्री प्रचण्डद्वारा बालकुमारी घटनाबारे गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूसँग छलफल

प्रधानमन्त्री प्रचण्डद्वारा बालकुमारी घटनाबारे गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूसँग छलफल

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा हिजो भएको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिनुभएको हो ।

 

प्रधानमन्त्रीले घटनाको छिटो र निष्पक्ष छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ । यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले हिजो नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।

 

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन माग राखेर युवाहरुले हिजो प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij