तिलाेत्तमा
स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार दुई खेल सम्पन्न भएका छन् । पहिलाे खेल नव जीवन युवा क्लब तिलोत्तमा ६ र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार, ठुटिपिपलकाबिच भएकाे थियाे । साे खेलमा नव जीवन युवा क्लवले नव युवा खेलकुद तथा सांस्कृतिक परिवारलाई २-० गाेल गरी विजयी भएकाे हाे ।
साे खेलमा नव जीवन युवा क्लबका जर्सी नम्बर १९ का अजय पाठक म्यान अफ द म्याच भएका छन् ।
यही पाैष १२ गतेबाट सुरू भएकाे नकअाउट फुटबल प्रतियोगिताकाे दाेस्राे खेल आयोजक नव टिकुलीगढ युवा क्लब ए टिकुलीगढ र कर्म ज्योती युवा क्लब कर्मडाँडाबिच भएकाे थियाे ।
नव टिकुलीगढ युवा क्लब आयोजकले कर्म ज्योतीलाई १ का विरुद्द २ गोल गर्दै विजय शुरुवात गरेको छ । साे खेलमा नव टिकुलीगढ युवा क्लबका जर्सी नम्बर ९ का खेलाडी अनिल क्षेत्री म्यान अफ द म्याच भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
मंगलबारकाे पहिलाे खेल झरना स्पोर्टस क्लब कुञ्जलापुर र अार वाई सि बुटवलका बिच हुनेछ । भने दाेस्राे खेल अार के एफ सि दल्का र सेभेन डार्गन भलबारीबिच हुनेछ ।
नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा सुरू भएकाे प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।
प्रकाशित मिति : सोमबार, पुष १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्