पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

बुटवल,२१ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा अर्चना गरेका छन् । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्व राजा ज्ञानेन्द्रले बुटवलमा पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री,अतिचण्डी महायागमा आज पूजा गरेका हुन् ।

सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए ।

परिवारसहित पुस ९ गते भैरहवामा आएका पूर्वराजा यसअघि
कपिलवस्तुकाे चन्द्राैटामा आयाेजित नागरिक अभिनन्दन ग्रहण गरेका थिए भने वलपरासीकाे सरावल स्थित बर्दघाटे कालिका मन्दिरमा पनि पूजा गरेका थिए । उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी अझै एक दुई दिन रूपन्देहीमै रहने बताइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij