काठमाण्डाै,
वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स सङ्घका अनुसार पुसको तुलनामा अधिकतम शून्य दशमलव २ प्रतिशतदेखि अधिकतम १ दशमलव ७५२ प्रतिशत विन्दुसम्मले निक्षेपको ब्याजदर घटेको छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।
कृषि विकास बैंकले सबैभन्दा धेरै १ दशमलव ७५२ प्रतिशत विन्दुले घटाएर निक्षेपमा ७ दशमलव २६ प्रतिशत ब्याज दिने भएको छ ।
माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर ८ प्रतिशतमा झारेका छन् । यसैगरी प्रभु र एनआईसी एसिया बैंकले ८ दशमलव ०६५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०७ प्रतिशत, सिद्धार्थ, प्राइम कमर्सियल, ग्लोबल आईएमई र नबिल बैंकले ८ दशमलव १ प्रतिशत ब्याजदर तोकेका छन् ।
कुमारी बैंकले ८ दशमलव ११ प्रतिशत, सानिमा र हिमालयन बैंकले ८ दशमलव १५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव २५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ दशमलव ६ प्रतिशत र सिटिजन्स बैंकले ९ दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् ।
कर्जाको मागमा कमी आएपछि बैंकहरूले ब्याजदर घटाएका हुन् ।
एभरेस्ट बैंक र एनएमबी बैंकले माघमा ब्याजदर हेरेफेर गरेका छैनन् । एनएमबी बैंकको ब्याजदर ९ प्रतिशत र एभरेस्ट बैंकको ८ प्रति
शत नै छ ।
प्रकाशित मिति : आइतबार, पुष २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्