तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा मगरहरूकाे माैलिक एवम् सांस्कृतिक पर्व माघे सकराटीकाे अवसरमा विशेष सांस्कृतिक कार्यक्रम एवम् खाना महाेत्सव सम्पन्न भएकाे छ ।नेेपाल मगर संघ तिलाेत्तमा १४ वडा समितिकाे अायाेजनामा अाइतबार साे सांस्कृतिक कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा बाेल्दै तिलाेत्तमा १४ का वडा अध्यक्ष अाश्विन पाैडेलले सबै समुदायकाे जातिगत कुरा सिक्ने माैका पाएकाे बताए । उनले एउटा समुदायले अर्काे समुदायकाे भावना र संस्कृतिकाे कदर गर्नुपर्ने बताए । प्रमुख अतिथि वडा अध्यक्ष पाैडेलले विशेषगरी सबैले मानसिक विकास गर्नुपर्नेमा जाेड दिए । यस किसिमकाे कार्यक्रमले सबैलाई एउटै धागाेमा बाध्नेसमेत बताए ।
कार्यक्रममा तिलाेत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले तिलोत्तमा नगरपालिकाकाले आफ्नो नीति तथा कार्यक्रममा लुम्बिनी घुमौँ तिलोत्तमा बसौँ भन्ने नारा अंगिकार गरेकोले त्यसका लागि पर्यटन प्रवर्धनका लागि स्थानीय मौलिक खाना र संस्कृतिलाई ब्राण्डिङ्ग गर्नु पर्ने बताए ।
नेपाल मगर संघ तिलाेत्तमा नगर अध्यक्ष लिलमाया राना मगरले मगर समुदायका थुप्रै संस्कृति रहेकाे बताउँदै मगर समुदायले वर्षमा एकदिन मात्र नभई हरेक दिन नै जुरमुराउनु पर्ने बताइन् ।
नेपाल मगर संघ जिल्ला समिति पूर्व सचिव कमल थापाले अब मगरहरूले अाफ्नाे अस्तित्वलाई बुझेर अगाडि बढ्न अावश्यक रहेकाे बताए ।
खाना महाेत्सवमा मगर समुदायका खानाहरू काेदाेकाे ढिँडाे , सेलराेटी , खिचडी , तरूल , वन तरूल , तिलकाे लड्डु बटुकलगायतका परिकारहरू महाेत्सवमा राखिएको थियाे । राष्ट्रिय कलाकार तारा श्रीसकाे सांगीतिक प्रस्तुति रहेकाे नेपाल मगर संघ तिलाेत्तमा १४ वडा समितिले जनाएको छ ।
नेपाल मगर संघ तिलाेत्तमा वडा नम्बर १४ का अध्यक्ष बलबहादुर रानाकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रम
बुद्धि थापाले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति : आइतबार, पुष २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्