JanataToday.com

Advertisment

SKIP THIS

स्वागतम सहकारीद्वारा निःशुल्क रक्त परिक्षण

स्वागतम सहकारीद्वारा निःशुल्क रक्त परिक्षण

बुटवल । बुटवल–११ कालिकानगरमा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्ना शेयर सदस्य र सर्वसाधारणलाई निःशुल्क रक्त परिक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष विभिषण कुमार कुवँरको अध्यक्षतामा प्रमुख अतिथि कालिका मानवज्ञान मा.वि.का प्राचार्य घनश्याम पाठक रहेका थिए ।कार्यक्रममा निःशुल्क सुगर परिक्षण र एच.आई.भी.परिक्षण भएका थिए ।

त्यसैगरी ए.एच.एफ. नेपालका संयोजक धर्मराज भट्टराईले एच.आई.भी.सम्बन्धि तालिम र सहकारीका सल्लाहकार यम प्रसाद आचार्यले सहकारी शिक्षाको बारेमा प्रशिक्षण दिएका थिए भने जिनोमेक डाईग्नोष्टिक ल्याबका इन्चार्ज प्रबिन शाहले ल्याब सम्बन्धि तालिम दिएका थिए ।

सहकारीका सचिव कपिलदेव गौतमको स्वागत मन्तव्यमा, शिक्षा समिति सदस्य नारायण पोखरेलले कार्यक्रमको सन्चालन गरेका थिए ।
उक्त कार्यक्रममा सहकारीका सल्लाहकारहरु कलाधर पाण्डे,कुलप्रसाद बस्याल,रामलाल जोसी कोषाध्यक्ष सुभाष रिजाल,उपाध्यक्ष तिलक रावल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij