त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्टलगायतका सेवा १५ गतेदेखि अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्टलगायतका सेवा १५ गतेदेखि अनलाइनबाट

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।

 

परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

 

अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको

छ ।

 

प्रकाशित मिति : बुधबार, माघ ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij