दाङ । सवारी दुर्घटनामा परी निधन भएका पाँच नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको शनिबार अन्त्येष्टि गरिएको छ।
नेपाल प्रहरीको सलामी सहित दंगिशरण–६ स्थित बागर खोलामा अन्त्येष्टि गरिएको हो।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संघिय संसदका सभामुख कृष्णबहादुर महरा, मुख्य मन्त्री शंकर पोखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, प्रदेश मन्त्री, संघिय संसद, प्रदेश सभा सदस्य, नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता थियो।
श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सदस्य उत्तरकुमार ओलीको निधनले प्रदेशलाई अपुरणिय क्षति पुगेको बताए।
उनले उत्तरकुमार ओलीले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र पश्चिम दाङको विकासको लागि भूमिका खेल्ने बताए।
यस्तै उनले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले माननिय उत्तरकुमार ओली सडक सुरक्षा योजना लागू गर्ने बताए।
प्रदेश सभामुख पूर्णबहादुर घर्तिले उत्तरकुमार ओलीको निधनले प्रदेश सभालाई ठूलो क्षति पुगेको बताए।
माघ २४ गते भएको सवारी दुर्घटनामा परी घाइते भएका ओलीको उपचारको क्रममा १६ औँ दिनमा मेडिसिटि अस्पताल काठमाडौंमा मृत्यु भएको थियो ।
ओली सवार बा १८ च ६८३६ नम्बरको कार र ना ५ ख ५५२९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्