काठमाण्डाै – नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा कुल चार लाख ९८ हजार ५८ वटा व्यावसायिक प्रतिष्ठानमध्ये २५ दशमलव आठ प्रतिशत महिलाको नाममा रहेको पाइएको हो ।
महिलाको नाममा सबैभन्दा धरै व्यावसायिक प्रतिष्ठान गण्डकी प्रदेशमा रहेको देखिएको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार पाँच सय ७५ वटा व्यावसायिक प्रतिष्ठानमध्ये ३५ प्रतिशत प्रतिष्ठान प्रतिशत महिलाको नाममा रहेका छन् । सबैभन्दा कम मधेस प्रदेशमा महिलाको नाममा जम्मा १० दशमलव आठ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको अध्ययनमा देखिएको छ । नेपालका व्यापारिक प्रतिष्ठानमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार छ सय ४५ जना जनशक्ति रहेकोमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा झन्डै ४६ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । सबैभन्दा कम मधेस प्रदेशमा व्यवसायिक प्रतिष्ठानमा महिला जनशक्ति जम्मा २३ प्रतिशत रहेको देखिएकोy छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्