पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बिभिन्न महानुभावलाई बधार्ई तथा सम्मान कार्यक्रम

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बिभिन्न महानुभावलाई बधार्ई तथा सम्मान कार्यक्रम

 

बुटवल, ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवल रतिलोत्तमाका बिभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीसहित प्रहरीप्रमुखलाई स्वागत तथा सम्मान गरिएको छ । हालै सम्पन्न रुपन्देही व्यापारसंघको २२ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष दिपकअधिकारी सहित पदाधिकारी र सदस्यहरुलाई पश्चिम नेपाल बस ब्यबसायीप्रालिद्वारा सम्मान गरिएको छ ।साथै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हालै सम्पन्न ७ औंअधिवेशनबाट निर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्रीसहित पदाधिकारी रसदस्यहरुलाई पनि प्रा.ली.ले सम्मान गरेको छ । सो अवसरमा हालै बुटवलमासरुवा भई आउनु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षकविजयराज पण्डितलाई समेत प्रालिले स्वागत तथा सम्मान गरेको थियो ।स्वागत तथा सम्मान कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायातब्यबसायी र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक रहेको चर्चा गर्दैएकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताएका थिए ।सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन न आउदासम्मयातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउंदै बजारमुल्य र तेलको मुल्य आकाशिदै जानु बैज्ञानिक भाडादर कायम नहुनु आदीकारणले गर्दा व्यवसायी पलायन हुन वाध्य भएको अध्यक्ष खरेलको भनाई छ ।सो अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्ष विजयराजपण्डितले नागरिकको सुरक्षासँग सम्बन्धित बिषयमा उद्योगी ब्यबसायी रनागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न सकिने बतएका थिए । रुपन्देहीव्यापार संघका नवनिर्वाचित अध्यक्ष दिपक अधिकारीले समग्र समाजको बिकास रसमृद्धिको यात्रामा सरकारी र गैरसरकारी निकायहरुको भुमिका महत्वपुर्णहुने धारणा ब्यक्त गर्दै चर्को घरबहाल बुटवलको समस्याका रुपमा रहेकोउल्लेख गरेका छन् ।सो अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचितअध्यक्ष किशोर सुवेदी क्षेत्री, पश्चिम नेपाल बस ब्यबसायी प्रालिकासंंचालक नारायण घिमिरे, प्रबन्ध सन्चालक रामचन्द्र भुसाल लगाएतले नेपालकोबिकासमा यातायात क्षेत्रले पुराएको योगदानको चर्चा गर्दै यातायातक्षेत्रलाई थप ब्यबस्थित र मर्यादित बनाउदै लैजानु पर्ने कुरामा जोडदिनुभएको थियो । सामाजिक दायित्व पुरा गर्ने क्रममा विभिन्न संघसंस्थासँगहातेमालो गर्नु जरुरी रहेको बताउदै प्रा.लिले विगतदेखि नै स्वागत तथासम्मानको कार्य गर्दै आएको छ ।

—

प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij