प्रजातन्त्र दिवसमा जितगढी किल्ला सरसफाइ

प्रजातन्त्र दिवसमा जितगढी किल्ला सरसफाइ

बुटवल-

बुटवल उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर जितगढी किल्ला सरसफाई गरेको छ। सोमबार बिहान नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालसहितको टोलीले किल्लाक्षेत्रमा सरसफाई गरेको हो।
सरसफाई कार्यक्रमको शुरुवात गर्दै प्रमुख खेलराज पाण्डेयले देश र जनताका निम्ति बलिदानी दिने सहिदहरुकै कारण मुलुकमा प्रजातन्त्रको बहाली भएको स्मरण गर्दै इतिहासलाई बिर्सन नहुने बताए। उनले जनताकै अगुवाईमा भएका आन्दोलनहरुकै कारण देशमा संघीयतासहितको गणतन्त्र प्राप्ति भएको बताउँदै गणतन्त्र रहेमा मात्रै मुलुकको सार्वभौमसत्ता जनतामा रहने बताए।
उनले जितगढी किल्लामा नेपाल र अंग्रेजबीचको युद्धमा विजयी हासिल गरेकै कारण नेपालको हालको भूगोल कायम रहेको स्मरण गर्दै विगतको योगदानलाई रक्षा गर्नका लागि बुटवलले विशेष प्राथमिकता दिएको बताए।
उनले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्दै आन्तरिक र बाह्य पर्यटक आगमनलाई बढावा दिने गरी योजना अगाडि बढाएको बताए।

प्रकाशित मिति : सोमबार, फाल्गुन ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij