काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ । आजदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले नयाँ सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजान माग गरेको बताउनुभयो ।
४० बुँदे मागलाई लिएर शान्तिपूर्ण आन्दोलन गर्ने तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउने लिङ्देनको भनाइ छ । राप्रपाले राजतन्त्र पुनःस्थापनाका लागि भन्दै आजदेखि काठमाण्डौ सहित देशव्यापी आन्दोलन शुरु गरेको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्