कांग्रेसको महासमिति बैठकबाट चार वटा प्रस्ताव पारित

कांग्रेसको महासमिति बैठकबाट चार वटा प्रस्ताव पारित

गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव

ललितपुर, ७ फागुन : नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन समारोहमा सहभागी पार्टी सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

काठमाण्डौ – नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटा प्रस्ताव पारित भएका छन् । ललितपुरको गोदावरीमा भएको महासमिति बैठकले प्रस्तावलाई सर्वसम्मत् रुपमा नै पारित गरेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेस गर्नुभएको थियो ।

महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ । महामन्त्री थापाले गठबन्धन विरोधी साङ्गठनिक प्रस्ताव पेस गरे पनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान तथा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी हस्ताक्षर सङकलन गरिएको छ ।  बैठक आजै समापन भएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij