होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना, देशभर २९ हजारभन्दा बढी प्रहरी परिचालन

होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना, देशभर २९ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डौ – नेपाल प्रहरीले फागु अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । यसका लागि देशभर २९ हजार ३ सय ३३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले यसवर्षको होली शान्ति र सौहार्द्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित आजदेखि पर्सि १३ गते मङ्गलवारसम्मका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

 

काठमाण्डौ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ । होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् । यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन छन् ।

 

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ । अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईमा भोलि होली पर्व मनाइँदैछ ।

प्रकाशित मिति : आइतबार, चैत्र ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij