उपचुनाव : सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने

उपचुनाव : सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने

काठमाण्डौ – वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा चुनाव हुँदैछ ।

 

सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङमा जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।

 

नेकपा एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शनिवार नाम टुंगो लगाउने बताएको छ ।

 

कांग्रेस र माओवादीले उम्मेदवार चयन गर्न बाँकी छ । कांग्रेसले इलाम–२ मा यसअघि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका डम्बर खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

 

इलाम–२ मा पत्रकार समेत रहेका मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मिलनलाई आफ्नो पार्टीको उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गरिरहेको छ ।

 

इलाम–२ मा प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका संयोजक डेकेन्द्र सिंह लिम्बुले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई जिताउन धरानका मेयर हर्क साम्पाङले पनि अभियान शुरु गर्नुभएको छ । ३२ वर्षका मिलन र ३५ वर्षका सुहाङको उम्मेदवारी घोषणा र पहिचानवादीको सशक्त अभियानका कारण इलाम–२ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij