बुटवल-वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउने भएकाे छ । नयाँ वर्ष २०८१ वैशाख ८ गते विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा स्थापनाकाे २५ वर्ष पुगेकाे अवसरमा रजत जयन्ती मनाउन लागेकाे एकेडेमीले जनाएको छ । शुक्रबार एकेडेमी परिसरमा पत्रकार भेटघाट कार्यक्रमकाे अायाेजन गरि साे कुराकाे जानकारी गराइएको हाे ।
कार्यक्रममा चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई , युवा तबला वादक निमेश कपालीको विशेष प्रस्तुति रहने छ । यस्तै भरत नाट्यमका कलाकार युवराज गुरुङको शास्त्रीय नृत्य , विशाल भट्टराईको ध्रुपद गायनको प्रस्तुति र पण्डित डा. शरदमणि त्रिपादी लगायतको प्रस्तुति रहने सञ्चालक लालिमा श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा सबै विधाबाट विशेष प्रस्तुति रहनुका साथै एकेडेमीका विद्यार्थी र प्रशिक्षकहरूकाे प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा एकेडेमीका सञ्चालक श्रेष्ठले वागेश्वरीका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै नेपाललाई चिनाएकाे बताइन् । उनले पहिले गीत गाउने र नाच्ने रहर भएकाहरू लुकेर अाउनु पर्ने बाध्यता विस्तारै परिवर्तन हुँदै अविभावकले अहिले अाफैले एकेडेमीमा बालबालिकालाई लिएर अाउने उल्लेख गर्दै बुटवलकाे विकाससँगसँगै कला र संगीतकाे पनि विकास हुन जरुरी रहेकाे बताइन् । २५ वर्षको लामाे समयमा एकेडेमीले विभिन्न उतारचढावका साथ विद्यार्थीहरूलाई कला तथा संगीतकाे ज्ञान प्रदान गरिरहेकाे जानकारी दिइन् ।
हाल एकेडेमीको सञ्चालन र नाममा थाेरै फेरबदल मात्रै भएकाे तर उदेश्य भने कला र संगीतकाे ज्ञान दिने व्यवस्थापक दावा शेर्पा (दर्पण) ले प्रष्ट पारे ।
हाल एकेडेमीले गायन , नृत्य , बाध्यवादन र चित्रकला विषयमा कक्षाहरू सञ्चालन गरिरहेकाे छ । भने गत वर्षबाट अविभावक र विद्यार्थीकाे मागअनुसार स्कुल बस पनि सञ्चालन गरेकाे व्यवस्थापक शेर्पाले बताए । एकेडेमीले बुटवलमा मात्रै नभएर तिलाेत्तमा ५ मणिग्राममा पनि विगत ४ वर्षदेखि सेवा दिइरहेको छ । साे क्षेत्रका बालबालिकाहरूकाे सुविधालाई मध्यनजर गरी गायन , नृत्य र वाध्यवाधनका कक्षाहरू सञ्चालन गरिरहेकाे छ । हाल एकेडेमीकाे बुटवल र मणिग्राम शाखाका विभिन्न विधामा १५० जना विद्यार्थीहरू रहेका छन् भने कर्मचारी र प्रशिक्षक १५ जना छन् । हाल प्रयाग संगीत समिति इलाहवादकाे परीक्षा प्रणाली रहेकाेमा अब छिट्टै नेपालकाे शास्त्रीय संगीत परीक्षा प्रणालीमा जाने याेजना रहेकाे सञ्चालक श्रेष्ठले बताइन् ।
साथै साेही समारोहमा सम्मान कार्यक्रम पनि गरिने सञ्चालक श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्