JanataToday.com

Advertisment

SKIP THIS

अन्तर टाेल विकास संस्था व्याडमिन्टन प्रतियोगिताको उपाधि नयाँ चपरहट्टी र वाटिकालाई

अन्तर टाेल विकास संस्था व्याडमिन्टन प्रतियोगिताको उपाधि नयाँ चपरहट्टी र वाटिकालाई

तिलाेत्तमा

अन्तर टाेल विकास संस्था पुरूष डबल व्याडमिन्टन प्रतियोगिताकाे उपाधि नयाँ चपरहट्टी टाेल विकास संस्था र वाटिका टाेल विकास संस्थाले जितेका छन् । तिलाेत्तमा नगरपालिका वडा नम्बर १ रूपन्देहीकाे अायाेजनामा भएकाे प्रतियोगितामा ४५ वर्ष मुनिकाे नयाँ चपरहट्टी टाेल विकास संस्था विजयी बनेकाे हाे भने ४५ वर्ष माथिको वाटिका टोल विकास संस्थाका भुवन थापाको टिम विजयी बनेकाे हाे ।

तिलाेत्तमा ३ मा रहेकाे फिट एण्ड फाइन स्पाेट्स क्लवकाे कबर्डहलमा सम्पन्न प्रतियोगितामा वडा नम्बर १ का १९ वटा टाेल विकास संस्थाका १९ टिम नै सहभागी भएका थिए । प्रतियोगितामा ४५ वर्ष उमेरमुनिका १४ टिमकाे सहभागिता रहेकाे थियाे भने ४५ वर्ष उमेरमाथिका ५ टिमकाे सहभागिता रहेकाे खेल संयाेजक तथा वडा सदस्य मिलन रानाले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले खेलले युवालाई संगठित बनाउने बताउँदै संगठित युवाकाे माध्यमबाट विकास निर्माणमा सहयोग पुग्ने बताए ।

विशिष्ट अतिथि नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले खेल सबैलाई मनपर्ने विषय भएकाे बताउँदै खेलकाे माध्यमबाट तिलाेत्तमा नगरपालिकालाई अन्तर्राष्ट्रियरूपमै चिनाउन चाहेकाे बताइन् ।

समापन समारोहमा वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष फर्सुराम गिरीले विजय टिमलाई प्रमाणपत्र शिल्ड र नगद रकम प्रदान गरेका थिए ।
कार्यक्रममा तिलाेत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पाैडेल , वडा नम्बर १ का सदस्यहरू गीतादेवी न्याैपाने , हिरादेवी बिक , मिलन राना , विष्णुप्रसाद पाण्डे , तिलाेत्तमा वडा नम्बर १ का टाेल सञ्जाल अध्यक्ष डिल्लीराज कडेललगायत वडा नम्बर १ का विभिन्न टाेल विकास संस्थाका अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

 

प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij