JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल
बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन गरेकि हुन् ।

साे अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदकाे क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास ब्यक्त गरिन् ।

बुटवल नगर खेलकुद विकास समितिद्वारा आयाेजित प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे सभापतित्व र नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्य माथि प्रकास पारेका थिए ।

यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबिचकाे प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलाेत्तमा नगरपालिका र सुद्वाेदन गाउपालिकाबिचकाे प्रतियोगितामा तिलाेत्तमा नगरपालिका विजयी भएकाे छ ।

त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्वाेदन गाउपालिकाबिचकाे अर्को खेलमा सुद्वाेदन विजयी भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार,तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij