तिलाेत्तमा
सिद्धार्थ इङलिस बाेडिङ स्कूल तिलाेत्तमा ४ रूपन्देहीको अायाेजनामा डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । तत्कालिन सञ्चालक समिति सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरुबीच फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रमुख अतिथि नेपाल एल्थेटिक्स एशाेसियसनका केन्द्रीय काेषाध्यक्ष माेहन घलेकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि घलेले खेलकूदको माध्यमबाट व्यक्तिसँगै मुलुकको पहिचान र विकास गर्न सकिने बताउँदै उनले राज्यले समेत लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । यसैगरी तिलोत्तमा खेलकुद विकास समितिका अध्यक्ष लोक पुन, सिद्धार्थ बोर्डिङका प्रवन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यमबहादुर राना , सह प्राचार्य रमेश प्रसाद बस्याल, सञ्चालक समिति सदस्य टुकबहादुर क्षेत्री , स्वर्गीय डिके तामाङकी श्रीमती निर्मला गुरुङ लगायतले बोलेका थिए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार अाठ खेल सम्पन्न भएका छन् । शुक्रबारको पहिलो खेल सिद्धार्थ टिम ए र देवीनगर युथ क्लव डिवाईसीबिच भएको थियो । अाज भएकाे पहिलो खेलमा डिवाइसी क्लव विजयी भएकाे छ । दाेस्राे खेलमा मनुभव एफसी , तेस्रो खेल कृपा फुटसल त्यसैगरी चाैथाे खेलमा चिया बगान विजयी भएकाे हाे । शुक्रबार नै भएकाे पाँचौ खेलमा कान्छीबजार स्पाेट्स , छैठौंमा राइजिङ ११ , साताैँ खेलमा साेल्टी युनाइटेड र अन्तिम खेलमा अायाेजक सिद्धार्थ टिम बि विजयी भएका छन् । भने भाेलि शनिबार बिहान ८ बजेबाट खेल सुरु हुनेछन् । भाेलिकाे पहिलो क्वाटर फाइनल खेल डिवाइसी देवीनगर र मनुभव एफसीबिच हुने खेल संयाेजक शिक्षक मेघराज भट्टराईले बताए ।
प्रतियोगितामा रुपन्देही , पाल्पा, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुबाट १६ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक निर्मल थापाले जानकारी दिए । विद्यार्थीले एसईई परीक्षामा पाउने प्रवेशपत्रलाई आधार मानी छनाैट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । ३ दिनसम्म चल्ने प्रयोगिताको विजेताले नगद २० हजार पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका खेल संयोजक भट्टराईले जानकारी दिए । यसैगरी द्वितीय हुने समूहले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीसहित विधागत रुपमा पनि सम्मान गरिने भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल एथलेटिक्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष मोहन घलेले उत्कृष्ट खेलाडीका लागि नगद राशी घोषणसहित ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
सिद्धार्थ बोर्डिङले हरेक वर्ष तामाङको स्मृतिमा प्रतियोगिताहरु गर्दै आएको छ । यस वर्ष एसईई लिएर बसेका विद्यार्थीलाई जोड्ने गरी फुटल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । यस विद्यालयबाट यस वर्ष १३३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्