यथार्थमा टेकेर बजेट ल्याएका छाैँ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पुन

यथार्थमा टेकेर बजेट ल्याएका छाैँ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । यही जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि विभिन्न दलका सांसदले जिज्ञासा र प्रश्न सोधेका थिए ।

आज प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले विगतका वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आउँदो आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेकाे बताउनुभयो । उहाँले विगतमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको बताउनुभयो ।

पुनले बजेटको आकार महत्त्वाकाङ्क्षी नभई यथार्थ रहेको उल्लेख गर्दै बजेटको आकारका सम्बन्धमा पूर्वाग्रही भएर टिप्पणी आएको भन्दै गुनासो गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने उहाँको भनाइ छ । आउँदो वर्ष राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो

प्रकाशित मिति : बुधबार, जेष्ठ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij