प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल

काठमाडाँै, २२ जेठ ः प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा सहभागीहरू । बैठकमा बजेटमाथिको छलफल चलिरहेको छ । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

प्रतिनिधिसभा बैठक आइतबार पनि बस्दै छ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ।

 

 

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सांसदहरू राजेन्द्रप्रसाद लिङदेन, प्रेम सुवाल, मुक्ताकुमारी यादव, अमरेशकुमार सिंह, रोशन कार्की र श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची दिएको छ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

 

प्रकाशित मिति : आइतबार, असार ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij