तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा ४ मा थ्रि अन थ्रि बास्केटबल टुर्नामेन्ट २०८१ काे पहिलाे चरणका खेलहरू सम्पन्न भएका छन् । अाइतबार सिद्धार्थ ईङलिस बाेर्डिङ स्कूलकाे अायाेजनामा विद्यालय तहका १६ वटा समूहका खेलहरू सम्पन्न भएका हुन् । खेलकाे उद्घाटन गर्दै बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष मनिश कुमार हेजुले खेलले स्वस्थ मात्रै नभई देशलाई पनि अन्तर्राष्ट्रियरूपमा चिनाउने हुनाले खेलकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताए ।
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष यम बहादुर रानाले बास्केटबल खेल विद्यालयलगायत विभिन्न क्षेत्रमा कमै हुनाले याे खेल खेलाएकाे बताउँदै उनले सबै विद्यालयले यसलाई प्राथमिकता दिनुपर्ने बताए । उनले जुनसुकै खेलहरू ताेकिएका उमेर समूहका लागि मात्रै खेलाउनु पर्ने बताए ।
प्रतियोगितामा प्रमुख रेफ्री शशांक लाल प्रधान र शंशांक श्रेष्ठलाई प्रमुख अतिथि हेजुले बल हस्तान्तरण गर्दै खेल सुरू भएकाे थियाे । पहिलाे चरणमा छात्रहरूकाे १६ वटा समूह र छात्राहरूकाे ५ वटा समूह खेलमा प्रतिष्पर्धा गरेका थिए ।
अाइतबारकाे पहिलाे खेल दीप बाेर्डिङ स्कुल बुटवल र नवरत्न ईङलिस् स्कुल सेमलारबिच भएकाे थियाे भने
दाेस्राे खेल हाेराइजन टिम बि र एभरेस्ट टिम बिबिच भएकाे खेल संयाेजक निर्मल थापाले जानकारी दिए ।
छात्रतर्फ भएकाे खेलमा दिप बाेर्डिङ , हाेराइजन टिम बि , सिद्धार्थ टिम बि , एभरेस्ट टिम सि एपेक्स टिम बि र नमस्ते एकेडेमी दाेस्राे चरणमा प्रवेश गरेका छन् । भने छात्रातर्फ एभरेष्ट र हाेइराइनबिच भएकाे खेलमा एभरेष्ट स्कुल दाेस्राे चरणमा प्रवेश गरेकाे विद्यालयका खेल इन्चार्ज मेघराज भट्टराईले बताए ।
प्रतियोगितामा छात्र र छात्रा दुबैतर्फ प्रथम हुने समूहले रू १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाेस्राे हुनेले रू १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विधागतर्फ पनि विभिन्न पुरस्कार प्रदान गरिने खेल संयाेजक निर्मल थापाले बताए । दाेस्राे चरणका फाइनल खेलहरू साेमबार बिहान हुनेछन् ।

प्रकाशित मिति : आइतबार, असार ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्