काठमाडौं : दक्षिण अफ्रिका नवौं संस्करणको टी–ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।
आज भएको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे।
त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन्। दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए।
दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि शनिबार भिड्नेछन्।
प्रकाशित मिति : बिहिबार, असार १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्