गुल्मी -गुल्मी जिल्लामा अवस्थित भगवती मा.वि.,कालिगण्डकी-२, अर्वेनी ले आज एक कार्यक्रमका माझ एस.ई.ई उत्रिर्ण विद्यार्थीहरलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कालिगण्डकी गा.पा.वडा नं.२, का वडा अध्यक्ष रेसमराज न्यौपानेको प्रमुख आथित्यता र सहायक प्र.अ. मुक्ति काफ्लेको सन्चालनमा भएको थियो। परिक्षामा सहभागी कुल बिद्यार्थी मध्ये ५०% बिद्यार्थी उत्रिर्ण भएको यस भगवती मा.वि.अर्बेनी बिद्यार्थी उत्रिण संख्याका आधारमा कालिगण्डकी गा.पा. प्रथम, १७ %बिद्यार्थी उत्रिण हुने हर्मिचौर मा.बि. दोस्रो स्थानमा रहेको छन भने शुक्र मा.बि., खड्गकोटको बिद्यार्थी उत्रिण सख्या शुन्य रहेको छ।

कालिगण्डकी गाँउपालिका अन्तरगतका ९ वटा साधारण तथा प्राविधिक धारका बिद्यालयहरुबाट जम्मा २१८ जना बिद्यार्थीहरु परिक्षामा सहभागी रहका थिए भने जम्मा १३.३६ % बिद्यार्थीहरु मात्र उत्रिण भएका छन।३.५ जि.पि.ए.ल्याई दुर्गाभवन मा.बि., भुर्तुङ कि छात्रा छाया भट्टराई पालिका प्रथम, ३.४२ जि।पि.ए. ल्याई भगवती मा.बि., अर्बेनीका छात्राहरु एलिसा न्यौपाने र किन्जल न्यौपाने द्वितिय र ३.३५ जि.पि.ए.ल्याई हर्मिचौर मा.बि. कि छात्रा अस्मिता पाण्डे तृतिय भएकि छन।

प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्