काठमाण्डौ – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ। हिजो तोलाको एक लाख ४५ हजार रूपैयाँ रहेको सुनको भाउ आज नौ सय रुपैयाँले घटेर तोलामा एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ बनाएको थियो ।
त्यस्तै चाँदी भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ९० रुपैयाँ रहेकोमा आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, असार २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्