काठमाडौं – नेपाली कांग्रेसले नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन सकेन।
मन्त्री चयनका लागि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री चयनको आधार तय गरेको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए।
बैठकले नेपाली कांग्रेस र एमालेबीच असार १७ सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीको स्वागत गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए।
साथै योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गरिने उनले जानकारी दिए।
‘प्रधानमन्त्रीको नियुक्ति नै भएको छैन। उहाँको नियुक्ति र शपथग्रहणसँगै हाम्रा मन्त्रीहरू पनि टुंगिन्छन्।’ बैठकका निर्णयबारे जानकारी दिँदै महतले भने, ‘सबै मन्त्री एकैपटक चयन हुन्छ।’
कांग्रेसभित्र प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, अजय चौरसिया, आरजु राणालगायतको मन्त्री बन्ने चर्चा छ।
प्रकाशित मिति : शनिबार, असार ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्