काठमाडौंनवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्