बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासको आग्रह

बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाण्डाै – सरकारले बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बङ्गलादेश सरकारबाट अहिले अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भइरहेकाले बङ्गलादेशमा रहेका सबै नेपालीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको हो । बङ्गलादेशमा अध्ययनरत धेरै नेपाली विद्यार्थी नेपाल फर्किसकेको र बाँकी रहेका झन्डै चार सय जना विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।

 

नेपालीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ । नेपाल फर्किन चाहने विद्यार्थी तथा सबै नेपालीले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासको आग्रह छ ।

 

आवश्यक समन्वयका लागि राजदूतावासका द्वितीय सचिव योजना बम्जनलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, साउन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij