बुटवल -इनरह्वील क्लव अफ मिडटाउन बुटवल वर्ष २४/२५ काे अायाेजनामा शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ । स्वार्थभन्दा माथि सेवाभाव भन्ने उदेश्यले विभिन्न सामाजिक कामहरू गर्दै अाएकाे क्लबले धन्यवाद ज्ञापन , ज्येष्ठ नागरिकलाई भाेजन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।
रुपन्देहीको तिलाेत्तमा ४ मा रहेकाे ज्येष्ठ नागरिक मिलन केन्द्रमा नवनिर्वाचित अध्यक्ष राधिका देवी रिजालकाे कार्यकालका पहिलो कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन अाशा श्रेष्ठले नाग पञ्चमीकाे पवित्र दिनमा ज्येष्ठ नागरिकको सम्मानस्वरूप याे महत्त्वपूर्ण काम गरेकामा खुसी व्यक्त गरिन् ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले क्लबकाे जस्ताे नाम छ , त्यस्तै काम भएकाे भन्दै प्रशंसा व्यक्त गरे । उनले ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै मिडटाउन बुटवलले यसरी कार्यक्रम गरेकाेमा अाभार व्यक्त गर्दै उनले दिउँसोको समयमा घरमा एक्लै भएका ज्येष्ठ नागरिकहरूकाे मन बहलाउन याे केन्द्र बनाइएको बताए ।
कार्यक्रममा लुम्बिनी डेरीकाे तर्फबाट दुधकाे साैजन्य गरिएको कार्यक्रम संयाेजक तथा पूर्व अध्यक्ष सरला भण्डारीले बताइन् । साथै नवनिर्वाचित अध्यक्ष राधिका देवी रिजालले फूलका बिरुवा साैजन्य गरेकाे भण्डारीले जानकारी दिइन् ।कार्यक्रम संयाेजक सरला भण्डारीले फलफूलका छ वटा बिरुवा साैजन्य गरेकी थिइन् ।
कार्यक्रममा इनरह्वील क्लव अफ बुटवल वर्ष २५ का अध्यक्ष सम्झना ज्ञवाली , संस्थापक सल्लाहकार अाेमी पुनलगायत विभिन्न क्लवका अध्यक्ष तथा सल्लाहकारहरूकाे उपस्थिति रहेको थियो । कार्यक्रम संयाेजक सरला भण्डारीकाे स्वागत रहेको कार्यक्रम वर्ष २४/२५ का अध्यक्ष राधिका देवी रिजालको अध्यक्षतामा भएकाे हाे । कार्यक्रम क्लवका सचिव सुशीला पाेखरेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्