के फाइदा?(कविता )

के फाइदा?(कविता )

के फाइदा?

उमेर बित्न समय लाग्दैन नी महोदय !
छोटो यो जिन्दगी,
छोटो यो जिन्दगीको समय बित्न बेरै लाग्दैन ।
त्यो जिन्दगीमा पनि छुट्टी लिनुपर्यो भने, त्यो जिन्दगीको के फाइदा?
आफ्नो लागि समय निकाल्न हजार पटक सोच्नु पर्यो भने त्यो जिन्दगीको के फाइदा?
धनि भयर पनि मन र सोच गरिब भए त्यो धनको के फाइदा?
फाइदा के छ , फाइदा कहाँ छ बताउ न मलाई
मेरो जिबन कसैबाट नियन्त्रणमा छ भने मेरो जिबनको के फाइदा?
जिबनमा खुलेर हसाउन नसक्ने साथिको के फाइदा?
जसको कांधमा रुन सकिदैन त्यो कांधको के फाइदा?
धन छ तर काम आउदैन भने त्यो धनको के फाइदा?
जुन छतले ओत दिदैन त्यो छतको के फाइदा?
जुन सपना पुरा गर्नै सकिँदैन त्यो सपनाको के फाइदा?
महोदय!,
जिबन छोटो छ,
त्यसैले छोटो जिन्दगी बित्न के नै बेर लाग्छ र ?
यहि छोटो जिन्दगीमा पनि खुसी मिल्दैन भने ,
त्यो बेकाम जिन्दगीको के फाइदा
त्यो बेकाम जिन्दगीको के फाइदा ।

कल्पना शर्मा
२०८१/०४/०५
तिलोत्तमा ३

प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij