समाजलाई जागरुक बनाउने र संगठन विस्तार गर्ने काममा महिलाहरुको भूमिका अहम :लिला गिरी

समाजलाई जागरुक बनाउने र संगठन विस्तार गर्ने काममा महिलाहरुको भूमिका अहम :लिला गिरी

तिलोत्तमा -नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले समाजलाई जागरुक बनाउने र संगठन विस्तार गर्ने काममा महिलाहरुको भूमिका अहम रहेको बताएका छन् । महिलाहरुको हक अधिकारलाई सुरक्षित गर्न र राज्य सञ्चालनमा भूमिका निर्वाह गर्न गरिएको आन्दोलनले केही सार्थकता पाएको बताए ।अखिल नेपाल महिला संघ तिलोत्तमा नगर कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले तिजमा गाईने गीत संगीतले समाजका यथार्थ घटनालाई छुन सक्नुपर्नेमा जोड दिए । उनले महिलालाई दमन गर्ने र अधिकारबाट बञ्चित गर्नबाट माथि उठ्नुपर्ने खाँचोसमेत अाैँल्याए । अनेम संघ तिलोत्तमा नगर कमिटीका अध्यक्ष कमला ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य गोमा आचार्यले दास प्रथा,सती प्रथालगायतका विभेदकारी व्यवस्थालाई परास्त गर्दै समान सहभागिताको हैसियतमा आइपुग्नु महिला आन्दोलनकोे सफलता भएको बताइन् । त्यस्तै अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य ज्ञानु केसीले महिला शसक्तिकरणका कुरा गीत संगीतमार्फत व्यक्त गर्दै अगाडि बढेको सन्दर्भमा समयसँगै परिस्थिति पनि परिवर्तन भएको भन्दै अब महिलाका माग राजनीतिक पहुँच , महिला संविधानमा सुनिश्चित गरिएका हक अधिकार कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले गरगहनाले ल्याएको विकृति चिर्न महिलाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सुन्दरता गहनाले नभएर कामले बढाउने कुरामा महिला स्वयम लागेको देख्दा खुसी लागेको बताए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी , अनेमसंघ जिल्ला अध्यक्ष विष्णु केसीलगायत अनेमसंघ तिलोत्तमा नगर कमिटीका करिब २ सय बढी महिला सहभागी रहेको कार्यक्रममा उपाध्यक्ष सृजना लोहनीकाे स्वागत रहेकाे थियो भने सचिव देवी सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij