रामेछाप,
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव फेला परेको छ
मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।
पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।
भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने प्रहरीको अनुमान छ ।
गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्