सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

सत्तारुढ दलहरुको बैठक काठमाडौँ, २४ भदौ : सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डौ – सत्ता गठबन्धन दलको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको छ । बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।

 

कांग्रेस र एमालेबीच गएको असारमा भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ । यसैलाई मुख्य प्राथमिकतामा राखेर सत्तारूढ दलको बैठकमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई अवाञ्छित रुपमा गरेको टिप्पणीमा पनि समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकमा सरकारका कामकारबाही र साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल भएको थियो ।

 

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएर गृहकार्य शुरु भइसकेको छ । बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij