काठमाडौँ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् ।प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित मिति : आइतबार, असोज ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्