असाेज ।
नवलपरासी पश्चिम भन्सार छलेर ल्याएको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गरेको छ ।
रूपन्देहीको भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक बर्दघाट नगरपालिका २ चिसापानीमा खानतलासी गर्दा अवैध सामान बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको सामानको बजार मुल्य ६८ लाख रुपैयाँ रहेको छ । चिनी, मोबाइलका समान सहित ७ प्रकारको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका ब्यक्ति र सामानलाई आवस्यक कारबाहीका लागि महेसपुर भन्सार पठाइएको र साे सामान कहाँ र कसरी जाँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।बिलबिजकमा उल्लेख भएको भन्दा फरक सामान फेला परेपछि उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्