दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं

मेडिकल ब्यवसाय तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश लिएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग दाबी गरिएको थियो ।

प्रसाईं पक्राउ परेसँगै उनका समर्थकहरूले रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij