काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको एमालेको सचिवालय बैठकले बाढी पहिरो पीडितका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गर्नुभएको छ ।
बैठकले एमालेका सांसदहरूले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्