JanataToday.com

Advertisment

SKIP THIS

अबदेखि सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने, नियम उलङ्घन गरेका चालकले जरिवाना रकम डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने

अबदेखि सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने, नियम उलङ्घन गरेका चालकले जरिवाना रकम डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने

बुटवल ,

अबदेखि सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने भएको छ। काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्थाको शुरुवात भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज भएको कार्यक्रममा नयाँ प्रणालीको सुभारम्भ गरिएको हो ।

नियम उलङ्घन गरेका चालकले जरिवाना रकम डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था कार्यान्वयन गरिएको हो । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

डिजिटल चिट दिने व्यवस्थाको शुरुवात गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–चलानको शुभारम्भ स्वागत योग्य रहेको बताउनुभयाे ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासोरहित ढङ्गको सेवा प्रवाहलाई प्रवर्धन गर्ने हेतुले प्रविधिको शुभारम्भ भएको बताउनुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले नागरिक एप, ई–चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij