पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु,अदालत बाहिर सहकारी पीडितहरूको प्रदर्शन सुरू

पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु,अदालत बाहिर सहकारी पीडितहरूको प्रदर्शन सुरू

भैरहवा,
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार मध्यान्न १२ बजेबाट बयान सुरू भएको छ ।

पोखराको सूर्य दर्शन सहरी ठगी प्रकरणमा पक्राउ परेका जोशी सुप्रिम सहकारी ठगीमा पनि जोडिएका थिए । सोमबार पोखराबाट भैरहवा ल्याएर सरकारी वकिल कार्यालयमा दिउँसो तीन बजेटबाट साँझ करिब ६ बजेसम्म बयान लिइएको थियो । बयान नसकिएपछि आज मंगलबार पनि जोशीसँग बयान जारी रहेको ईलका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनले सम्भवतः आजै जोशीको बयान सकिने बताए ।

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिइरहेका हुन् ।

सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न  प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन् । सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij