तनहुँ । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घासिकुवा दुर्घटना हुँदा मृत्यु हुनेकाे सङ्ख्या दुई पुगेकाे छ ।
मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर र दुर्घटनामा गम्भीर घाईत भएका व्यास नगरपालिका १४ केशवटारका जीपका चालक नर बहादुर घर्ती रहेकाे प्रहरीले जनाएको छ । उनकाे उपचारकाे क्रममा पाेखरामा ज्यान गएकाे प्रहरीले बताएकाे छ ।
बुद्धि बहादुरको भने यसअघि नै उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको थियो ।
जीप गुडिरहेको अवस्थामा अगाडी टायर पन्चर हुदाँ सडक बाट दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जनाकारी दिएका छन् ।
दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् ।
अन्य घाईते हुनेमा होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा,कुमार बस्याल,देवीमाया थापा र खुममाया थापा लगायत अन्यलाई दमौली अस्पताल, रत्नहरि रहेका छन् ।
घाईतेहरुको पोखरामा उपचार भइरहेको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्