सबारी दुर्घटनामा परि एकजनाको मृत्यु एक जना घाइते

सबारी दुर्घटनामा परि एकजनाको मृत्यु एक जना घाइते

कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं १ स्थित भाइरलडाँडामा सबारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दाङको राप्ती गाँउपालिका वडा नं ४ मौरीद्धघाटका करिब २७ बर्षीय मोटरसाइकल चालक लिलाराम कुँवरको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्मितर्फ जाँदै गरेको लु २ ख २१४२ नम्बरको अर्घखाँचीबाट दिल्ली जाँदै गरेको बस र बिपरित दिशाबाट आएको रा ७ प ३४८ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । सोहि मोटरसाइकलमा पछाडि सबार राप्ती गाँउपालिका वडा नं ४ मौरीद्धघाटकै २९ बर्षिय खुसीराम चौधरीको टाउकोमा चोट लागेको र थप उपचारका लागि संजिबनी सामुदायीक अस्पताल चन्द्रौटा पठाइएको प्रहरीले बताएको छ । घटना पश्चात बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक सुजन शाहले बताउनु भएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij