सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन

सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन

भैरहवा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन गरेको छ ।

नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भीम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडिकलहलहरुमा अनुगमन गरिएको हो । अनुुगमनको क्रममा अधिकांस औषधी पसलहरु नरपालिकामा नवीकरण नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कारवाही गरीने उपप्रमुख उमा अधिकारीले जानकारी दिनु भयो।

त्यस्तै अनुगमन गरिएका पसल सञ्चालकहरुलाई म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नुु पर्ने लायतका सुुझावहरु दिईएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताउनु भयो ।उहाँले नगगरपालिकाले अवदेखि नियामित अनुुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताउनुभयो । नगर उपप्रमुख अधीकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्, नेपाल औषधी ब्यवसायी सङघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्द एक्सरे, साही अल्ट्रासाउन्ड, शारदा अल्ट्रासाउण्ड, ओअ प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij