JanataToday.com

Advertisment

SKIP THIS

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ ।

अस्ति आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका साथ तालिकाको सातौं स्थानमा छ ।

स्कटल्याण्ड ८ खेलमा ११ अङ्कसाथ चौथो स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् ।

अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij