कल्पना शर्मा
बुटवल,
युवाहरुलाइ सार्वजनीक निजी मञ्चका माध्यमबाट उधमसिलतामा जोड्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अकाउन्टीबिलीटी ल्याबद्धारा बुटवलमा आयोजीत एक कार्यक्रममा बोल्ने वक्ताहरुले एस्तो बताएका हुन् ।
बुटवल उपमहानगरपालीकामा बिगत दुइ बर्षदेखी सार्वजनीक निजीमञ्च स्थापना गर्ने उदेश्य सहित उन्नत प्रजातन्त्रका लागी सबल अर्थतन्त्र तथा युथ फर डेमोक्रेसी दुबै परीयोजनामा कार्य भइरहेको ल्याबका कार्यक्रम संयोजक राजु शर्मांले जानकारी गराउनुभयो । उहाँले बुटवल उपमहानगरपालीकाका १९ वटै वडाका १००० युवासंग सुचनाको पहुँच , समस्या, तथा अवरोधका बारेमा छलफल गरेको बताउनुभयो ।
निजी क्षेत्तको तर्फबाट मदन कुमार कार्कीले परीयोजनाले गरेको काम प्रसंसनिय रहेको बताउँदै आगामी दिनमा समयमै निती तथा कार्यक्रम तय गरेर जानुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालीकाका प्रवक्ता शिव राना, राजस्व शाखाका जिवन भटराइ, सामाजीक परीचालन शाखा अधीकृत दामोदर ज्ञवाली लगाएतले बोल्दै कार्यक्रम बजारमुखी भन्दा गा्रमीणमुखी हुनुपर्ने सुझाब राख्नुभएको थियो । नेपाल पत्रकार महासंघका केन्दी्रय सदस्य भवानी प्रसाद पाण्डेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थीयो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्