JanataToday.com

Advertisment

SKIP THIS

कार्तिक २४ गते शनिबार भोली देखि रुपन्देही सुपर लिग–२०८१ सुरु हुने

कार्तिक २४ गते शनिबार भोली देखि रुपन्देही सुपर लिग–२०८१ सुरु हुने

भैरहवा,
रुपन्देही क्रिकेट संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा कार्तिक २४ गते शनिबार ९भोली० देखि रुपन्देही सुपर लिग–२०८१ सुरु हुने भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी गराएका छन् ।रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु र ‘ए’ डिभिजनका खेलहरु नेपाल प्रिमियर लिग एनपीएल पछि हुने जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतियोगितामा २० वटा टीमको सहभागीता रहने सचिव गुरुङले जानकारी दिए । सहभागी हुने टीममा वेष्टर्न क्रिकेट क्लब, न्यू होराइजन क्रिकेट क्लब, लुम्बिनी खुकुरी क्लब, तिलोत्तमा क्रिकेट क्लब, एक्सपार्ट जि आर क्रिकेट क्लब, तिरुपति क्रिकेट क्लब, एम सी सी क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब, नेपथ्य ज्ञानोदय, देवदह क्रिकेट युनिट, शंकरनगर क्रिकेट क्लब, लुम्बिनी शाक्यान क्लब, बुटवल ११ क्लब, सैनामैना क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, साई ग्लोबल एकेडेमी, प्रो मास्टर ११, बुटवल यूथ क्लब, बुटवल राइनोज र स्टार क्रिकेट एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेतालाई रु। १ लाख १ रुपैयाँ, उपविजेतालाई रु। ५० हजार १ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक तथा रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाँणले बताए । विजेता पुरस्कारको प्रायोजन सगरमाथा कत्था मिल र उपविजेता पुरस्कारको प्रायोजन वि।के ज्वेलर्स, भैरहवाले गरेको छ ।

प्रतियोगिता अन्तर्गत म्यान अफ द म्याचलाई रु। १ हजार २ सय र प्रमाणपत्र प्रदान गरिने र यसको प्रायोजन सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले गरेका छन् । त्यस्तै म्यान अफ द सिरिजलाई रु। १५ हजार, बेस्ट ब्याटरलाई रु। ५ हजार, बेस्ट बलरलाई रु। ५ हजार र उदयीमान खेलाडीलाई रु। ५ हजार तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा प्रयोग हुने बलको प्रायोजन रुपन्देही क्रिकेट संघका मानार्थ सदस्य तथा युवा समाजसेवी अमित कुमार गुप्ताले गरेका छन् ।

संघका अध्यक्ष हरि बहादुर थापाले नेपाली क्रिकेटमा आफ्नो स्थापनाकालदेखि नै क्लब स्तरीय प्रतियोगिता रुपन्देही क्रिकेट संघले स्थापित गरेको नेपालको सबैभन्दा फरक र उत्कृष्ट क्रिकेट प्रतियोगिता ‘रुपन्देही क्रिकेट लिग’ भएको बताए ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij