काठमाण्डौ – वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
२० वर्षका तीव्र गतिका बलर रामोनले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट–२०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।
एनपीएल यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुँदैछ । एनपीएलको प्रत्यक्ष प्रसारण भारतको चर्चित टीभी च्यानल स्टार स्पोर्टसले गर्ने हिजो मात्रै सम्झौता भएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्