बुटवल-अमेरिकाको पेन्सिल्भानियाको स्कार्टओन सिटीमा सम्पन्न हेग्जागन इन्टरडिपेन्डेन्ट चित्रकला प्रतियोगिता २०२४ मा सहभागी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । इन्टरडिपेन्डेन्ट कमिटीको अायाेजनामा चित्रकला प्रतियोगितामा सहभागी नेपालका ५५ जना विद्यार्थीहरुलाई शनिबार रुपन्देहीको बुटवल ११ मा रहेकाे मणिमुकुन्द कलेजमा एक कार्यक्रमकाे अायाेजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हाे ।
इन्टरडिपेन्डेन्ट कमिटीअन्तर्गतको हेग्जागन प्राेजेक्टमा रुपन्देहीका सातजना विद्यार्थी उत्कृष्ट भएको कमिटीले जनाएको छ । गत सेप्टेम्बर २४ मा भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका हुन् ।
विश्वमा शान्ति हुनुपर्छ , शान्ति भएमा समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने उदेश्यले भएको प्रतियोगितामा नेपालका सातजना विद्यार्थी उत्कृष्ट भएकाे कमिटीले जनाएको छ ।
कार्यक्रममा बाेल्दै बुटवलका पुराना चित्रकार प्रमुख अतिथि मन गाेल्डीले साे कार्यक्रमले अन्तराष्ट्रियरुपमा विद्यार्थीलाई चिनाउने काम गरेकाे बताए । उनले चित्रकलाकाे छुट्टै महत्त्व रहेकाे बताउँदै चित्रका माध्यमबाट पनि धेरैकुरा बुझ्न सकिने बताए ।
कमिटिका अध्यक्ष टुकबहादुर क्षेत्रीले सहभागिता नै सबैभन्दा ठूलाे भएकाे बताए । उनले यसता क्षेत्रतर्फ अाफ्नै अविभावकले विशेष ध्यान दिनुपर्नेमा जाेड दिँदै विद्यार्थीले जुन क्षेत्रमा रुचि र चाहाना राख्छन् त्यही क्षेत्रतर्फ अविभाकले प्रेरित गर्नुपर्ने बताए । मानिस अन्तरनिहित हुनुपर्ने अरुलाई सहयोग गर्ने र अाफूले पनि सहयोग गर्न तत्पर हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा स्वागत गर्दै कमिटीका सचिव माधव अाचार्यले शब्दबाट व्यक्त गर्न नसकेका कुरा चित्रकलाकाे माध्यमबाट व्यक्त गरिने कला भएको बताए । कार्यक्रममा कमिटीका सदस्य नरेन्द्र शर्मा , रजनिश चन्द्र गुप्तालगायतले बाेलेका थिए । साे प्रतियोगिता सन २०१० बाट निरन्तर चल्दै अाएकाे छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्