मनपरी हवाई भाडा बढाएर यात्रुलाई ठग्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने : मन्त्री पाण्डे

मनपरी हवाई भाडा बढाएर यात्रुलाई ठग्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने : मन्त्री पाण्डे

काठमाण्डौ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाएर यात्रुलाई ठग्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री पाण्डेले उपभोक्ताको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिनुभएको हो । उपभोक्ताको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन उहाँले वायु सेवा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

गएको शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर स्तरोन्नितिको काम शुरू भएदेखि वायु सेवा कम्पनीहरूले मनपरी हवाई भाडा बढाएको यात्रुले गुनासो गर्दै आएका छन् । पर्यटनमन्त्री पाण्डेले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो । अहिले क्रमिक रूपमा हवाई भाडादर पुरानै मूल्यमा आएको मन्त्री पाण्डेले जिकिर गर्नुभयो । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

यस्तै मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भैरहवामा अहिले पाँच वटा एयरलाइन्सले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्‍याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो ।

उहाँले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने तथा पोखरामा पर्यटकहरूसँग सम्बन्धित उडान गर्नेगरी योजना अघि बढाएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij