उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाण्डौ – यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।

 

अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

 

कुल ४४ पदमा हुन लागेको उपचुनावका लागि चार सय १० जनाको उम्मेदवारी परेको छ । उनीहरूमध्ये ६६ जना महिला, तीन सय ४२ जना पुरुष र अन्य दुई जना छन् । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij