JanataToday.com

Advertisment

SKIP THIS

एभरेष्टमा साना बालबालिकाद्वारा प्रतिभा प्रस्तुत

एभरेष्टमा साना बालबालिकाद्वारा प्रतिभा प्रस्तुत

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीको कल्चरल कार्यक्रम तथा अभिभावक भेला कार्यक्रम शुक्रबार भएको छ ।

विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीमा पढ्ने विद्यार्थीहरुले आआफ्ना बालप्रतिभाहरु देखाएका थिए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले कार्यक्रमको उद्घाटन गर्दै साना बालबालिकालाई सानैदेखि आफ्ना प्रतिभा देखाउने अवसर दिएमा बालबालिकाको अन्तरनिहित प्रतिभा बाहिर निस्किने तथा बौद्धिक क्षमता विकासमा मद्धत पुग्ने बताए ।

कार्यक्रममा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, महिला शिक्षक ज्ञानधरा पन्त लगायतले सस्ता कार्यक्रमले साना विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउन तथा उनीहरुको आत्मविश्वास बढाउन ठुलो भुमिका खेल्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, फेसन सो जस्ता २८ वटा विभिन्न बालप्रतिभा प्रस्तुत गरेरका थिए । कार्यक्रममा अभिभावक तथा शिक्षकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij